गर्भवतीलाई अस्पताल पुर्‍याउन दुई लाख

0

खोटाङ – अधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलालाई अस्पताल पुर्‍याउन दुई लाख रुपैयाँ खर्च भएको छ ।

बच्चा जन्मनुअघि अधिक रक्तश्राव भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपा खिरीकी ३० वर्षीय गर्भवती महिला कुमारी भट्टराई धिमाललाई दुई लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको हो ।

बच्चा जन्मने मिति आउन अगावै अधिक रक्तश्राव भएपछि अस्पतालमा भर्ना भएकी कुमारीलाई जिल्ला अस्पतालले रेफर गरेपछि मंगलबार साँझ श्रीएयरलाइन्सको हेलिकप्टरबाट काठमाडौ पठाइएको हो । अस्पतालले गर्भवती महिलाको आउँदो असार १८ गते बच्चा जन्मने मिति तोकेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्