Friday, April 26, 2024
घरविचारपाठक प्रतिकृयाशौचालयमा कर र इमानदारीताको नाटक

शौचालयमा कर र इमानदारीताको नाटक

– चिरञ्जीवी आचार्य

म जहाँ बस्छु पुरानो गाउँ पन्चायत, बहुदल पछिको पन्चायत लोकतन्त्र हुँदै गणतन्त्र आएपछी संघीयता चलाउन शासन व्यवस्था चलाउन नेता तथा कर्मचारीको घर सहजरूपमा चलाउन बिकेन्द्रीकरणका नाउँमा यो या त्यो रूपमा कर बढाउने बहाना स्वरूप नगरपालिका बनाइएको हालको लमही नगरपालिकामा बस्छु ।

लमही नगरको बाढी पीडित क्षेत्र भनेर चिनीने मेरो गाउँ जहाँ न प्रजातन्त्र आयो न लोकतन्त्र न गणतन्त्र हिजो आज र भोलि पनि सायदै त्यस्तै हुने होला किनकी हिजो पञ्चायत हुँदा बाउले चलाए, प्रजातन्त्र हुँदै लोकतन्त्र अनि गणतन्त्र आउँदा छोराले अभिभारा सम्हालेका छन् । भन्नलाई नगरपालिका भनिने तर सुव्धिाका लागि न गाँसको टुङ्गो, न बास, न कपास, न शिक्षा, न स्वास्थ । तर पनि चर्पीसम्मको कर तिर्नु पर्ने बाध्यता छ ।

नगरको आयस्रोत इमानदार भएर हेर्दा अधिक छ तर देखिदैन । ईन्टरनेटमा खोज्नुस कहि कतै लमही नगरको एक वार्ड बाहेक अरु कुनैको पेज सम्म भेट्नुहुन्न । स्थानीय निर्वाचन ताका फल्कापुर माविमा पढाउने शिक्षक समेत पार्टीको युनिफर्म सहित चुनावमा जनता जगाउदै हिडेका थिए । भन्नलाई पूर्व दंगाली नेता खुमबहादुरले दंगालीको र दाङको विकास गरेका रे । पानीका हेन्ड पाइप बाँड्दै हिडेका रे । चुनाव आउँदा बाटो ग्राभेल र कार्यकर्तालाई जागिर दिएका नेता रे । अब म भन्न चाहान्छु कहाँ छ खुमबहादुर स्कुल, खुमबहादुर कलेज ? जबकी रक्सीको भट्टी खोलेर बसेका पञ्चे भनिनेहरुका नाउँमा खिमबहादुर शाह निमावि, मावि छन् भने दाङ उकास्ने खुमबहादुरका नाउँमा आफ्नै साविकको सतबरियामा दश जोड २ पनि छैन, अनि खुम बहादुरले बनाएको दाङ कि काँग्रेस ? उहीँ राजाले बनाएका पूर्वपश्चिम राजमार्ग र २०५१ सालका भित्री बाटाहरु र खुमबहादुरले बाँडेका नाल्काहरु जो काँग्रेस कै घर नजिक थिए र हुन्थे ।
जहाँ बाढी आउँथ्यो अझैसम्म आउँछ तटबन्ध हुन सकेन जहाँका किसान हजारौं बिगाह जमिन राप्ती र सानी नदि अनि ठाडा खोलालाई तिलान्जली दिएर बाँच्न बिवस छन् । जहाँका स्थानीय अरु जिल्लामा मजदुरी गरेर पेट पाल्न बाध्य छन जहाँका जनताको शैक्षिक स्तर न्यून छ । घर देखि बस्तीहरु अव्यवस्थित छन् । भन्नलाई खुमबहादुरले दाङ बनाए रे क्या गजब । समाजमा रहेको एउटा टाठाबाठो रोजेर जागिर दिलाएर पुरै बस्ती लुट्ने प्रवृत्ति त्यतिबेलाको समाजको रहयो । चुनावका बेलामा रक्सी र मासु खुवाउँदै चुनाव जित्नेहरु खुमबहादुरले दाङ बनाएको भन्छन् होला तर म भन्न सक्दिन ।
साविकका लालमटिया, सिसहनिया, सोनपुर, चैलाही, सतबरिया, राजपुर, बेला, गढवा, गङापरसपुर, गोबरडिहाका हजारौं बिगाह जमिन राप्ती सानी नदि र ठाडा खोलाले बगाएको छ । थुप्रै बस्ती स्थानान्तरण भएका छन थुप्रै जनधनको क्षति भएको छ तर चुनावमा रक्सी र मासुको आसामा आफ्नो अमूल्य मत लुटाएका छन् जनताले । किनकी त्यही समाजको आफ्नो छोरा, मामा, दाइ, भिनाजु ज्वाईं भ्रष्ट नेताको र्‍याल खाँदैछ उ पढेलेखेको छ र त्यहाँका निमुखा जनतालाई आफुले पाएको जागिरको पित्त पित्त असुल गर्दैछ ।

सरकारले जहाँ शैक्षिक लगानी गर्न सक्दैन त्यहाँ जनता महायज्ञका नाउँमा हजारौं लुटाउदै विद्यालय र अन्य सामाजिक कार्यका लागि धुरन्धर लाग्छन् तर महायज्ञ सिद्धिन्छ हिसाब पनि बराबर हुन्छ । राजाहरुले खोलेकै स्कुलमा पढ्छन् राजाले खोलेकै महेन्द्र राजमार्गमा हिंड्छन तर कोहि काँग्रेस छन्, कोहि एमाले कोहि राप्रपा कोहि माओवादी जबकी २०४८ पछि जनताले पाएका केही छैनन्, बरु गुमाएका अधिक छन फेरि पनि चुनावताका खाएको मासु र रक्सी अहिलेसम्म तिरिरहेका छन ? कहिले हेन्ड पाइपको नाउँमा त कहिले स्थानीय तहका नाउँमा कहिले नगरपालिका भएको बहानामा तर सुबिधा र रोजगार अन्यत्र जानुपर्ने यो कस्तो बाध्यता ?

रोजगारी गर्न बुटवल अर्घाखाँची प्युठान काठमाण्डौ लगायत देशका लगभग ६४ जिल्लाभर दंगाली घर बनाउन पुगेको मैले भेटेको छु । बिमारी भएर लखनउ गोरखपुर तिर ट्न्नै भेटेको छु बुटवल र नेपालगन्ज त माइती नै भए अझै दाङ खुमबहादुरले बनाएको भन्न पछि पर्दैनन् । मेरो आफ्नै पनि इतिहासमा श्रीमती सुत्केरी गराउन नेपालगन्ज लगिएको थियो अझै दाङ खुमबहादुरले बनाएका रे । चुनावी नाराका रूपमा आएका कृषिमा आधुनिकीकरण र सोनपुर क्षेत्रमा कृषि क्याम्पस बनाउने नारा अहिले भगवान झै अदृश्य छन् । युवाहरूलाई रोजगार भनी नारा घन्काउनेहरु फोन उठाउने कस्ट गर्दैनन्, शिक्षा र स्वास्थ नारामै सिमित भए गाँस र बाँस सब चुनावी नारा थिए । बाढी त आउँछ जान्छ चुनाव जस्तै त हो भन्ने सम्म जबाफ जनताले पाएछन् । एउटा बिजुलीको पोल भाँच्चिदा गाउँमा पैसा उठाइन्छ तर विद्युतमा पहल गरिंदैन किनकी हिजो देखि चन्दा उठाउँदै खाने बानी परेकाहरू समाजमा इमानदारीताको नाटक मन्चन जो गर्दैछन् । प्रहरी प्रसाशन खै कता छ त्यो देख्न र सुन्न समेत जनता चाहान्नन् । के हिजोको चुनाव र चुनावी नारा रक्सी र मासु सँगै नसा र दिसामा सेलाएका हुन त ? के हामी अरु जिल्ला झै शक्तिशाली बन्न सक्दैनौं ? हाम्रो कमि के हो ? नेता चुनी रहने कि असल नेता एकपटक चुन्ने ? रक्सी र मासुमा बिक्ने कि बिकास गर्ने नेता छान्ने ? यो सबै हजुरहरुको स्वैच्छिकतामा छोड्दै बिदा भएँ । जय देश ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -