दुई किलो नक्कली सुनसहित दुईजना पक्राउ

0
बरामद गरिएको नक्कली सुन । तस्बिर सौजन्य: टंकप्रसाद भट्टराई

झापा: यहाँको काँकडभिट्टा नाकाबाट दुई किलोझ नक्कली सुनसहित दुर्इजना पक्राउ प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।

काकडभिट्टाको कन्चनजंघा होटलमा बसेका गोरखाको आरुघाट-९ का ४३ वर्षीय दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय भीमसेन नेपालबाट सुन जस्तो देखिने दुई बिस्कुट पहेँलो धातु बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी टंकप्रसाद भट्टराईले बताए ।

बरामद धातुको अनुसन्धान गर्दा टिल धातु रहेको भट्टराईले बताए । पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ परेका दुवैजना नक्कली सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने काममा लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

 

साभारः अन्नपूर्ण पोष्ट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्