२०८२ माघ ८ गते, बिहीबार १५:२४

राष्ट्रिय विभूति सीताको जन्म प्रसंगको चिरफार

 

 

-प्रवीण अधिकारी

उत्पति :
====
वाल्मीकि रामायणमा सीताको जन्म वैशाख शुक्ल नवमी र तिश्य नक्षत्रको योगमा भएको बताइएको छ भने निर्णयसिन्धु’ को ‘कल्पतरु’मा फाल्गुन कृष्ण अष्टमीको तिष्य योगमा भएको भनिएको छ ! जे सुकै भएपनि सीता नेपालकी छोरी थिइन् ! उनि आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीको प्रतिमूर्ति भएकीले नेपालको राष्ट्रिय विभूति हुन् पुगेकी हुन् ! उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृ वात्सल्य र करूणामयी व्यक्तित्व संसारभरी प्रसारित छ ! शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फाली र त्यस फालीबाट धर्तीमा निर्मित रेखा भएको देखिन्छ ! जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ ! वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण , देवी भागवत आदिमा फरक फरक कथा लेखिएका देखिन्छन !

कसैले मय दानवकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो भनेका छन् भने कसैले सीताको जन्म रावणकी धर्म पत्नी मन्दोदरीको गर्भबाट भएको हो भनेका छन् भने कसैले तत्कालिन समयमा बेथिति बढदै जाँदा सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंशनास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा राखे ! रावणले त्यो रगतको भाँडो लिएर गई मन्दोदरीलाई राख्न दियो ! मन्दादरीले रिश्ले त्यो रगत पिईन्। केही दिन पछि मन्दोदरीको गर्भ रहयो र पेटको त्यो बच्चालाई एक घडामा राखी रावणले जनकपुरमा मिल्काए ! विदेहराज राजर्षी जनकले हलो जोत्दा माटो मुन्तिर हलोको फाली त्यसमा अड्किएको र त्यसबाट निस्किएकि कन्यालाई सीता भनिएको भनेर अधिकांस ग्रन्थहरुमा वर्णित भेटिन्छ ! यसरीहेर्दा कसैले कुनै अज्ञात कारणवश ती कन्या खेतमा फ्यालेको र संयोगवश तिनलाई जनकले भेटेको अथवा कसैले खेतमा फ्यालेको कन्या भेटेर राजा जनक समक्ष पुर्याएको पनि हुन् सक्ला ! कथैको कुरो गर्दा महर्षि कण्वले शकुन्तला यसरीनै पाएका थिए र पाएपछि पक्षिहरुले तिनलाई संरक्षित गरेको हुदा तिनको नाउँ शकुन्तला रहन गएको कुरो प्राचिन साहित्यमा वर्णित भेटिएtकै छ ! राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाएर लगेर आफैले पाले ! यस्तो अद्भुत मान्छेको जन्म प्रसंगमा धेरै मिथकहरु गासिनु स्वाभाविक भएको मान्नु पर्छ !

भगवान सीता र राममा समर्पण गरिएको दुइबटा ग्रन्थहरु – तुलसीदास द्वारा रचित ‘श्री रामचरित मानस’ र वाल्मीकि द्वारा रचित ‘रामायण’ हो ! यस बाहेक अरु ग्रन्थहरु पनि छन् तर वाल्मीकि कृत रामायणलाई सटीक ,प्रामाणिक र बिश्वाश योग्य मानिन्छ ! श्रीराम संग बिहे गर्दा सीता ६ वर्षकी थिइन् ! उनि १२ बर्ष सम्म दशरथको दरवारमा बसेर १८ बर्षको उमेरमा रामसंग बनबास लागेको प्रसंग बाल्मीकी रामायणमा उल्लेखित छ !

श्लोक
उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१ ।
तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२ ।
परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३ ।
द्वावयाचत भर्तारं सत्यसंधं नृपोत्तमम्।
मम भर्ता महातेजा वयसा पंचविंशक:। ४ ।।
अष्टादश वर्षाणि मम जन्मनि गण्यते।।
तत्कालिन विज्ञानले के भन्छ ?
=====================

प्राचिन प्राणी शास्त्रले पृथ्वीबाट उम्रिनेलाई “उद्भिज्ज” भनेर घाँस , औषधि, तरु, लतालाई यस कोटीमा राखेको पाइन्छ भने मान्छे , पशु , जरायुज, अण्डज र स्वेदज प्राणिहरु ( मल मूत्रबाट उत्पन्न भएको ) मानी अन्तर्गत राखेको देखिन्छ ! मान्छेको वर्गमा परेर पनि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हो भन्दा प्राकृतिक नियम बिरुद्ध हुन् जाने देखिन्छ ! यो मिथक कहिलेदेखि र के कारणले यसरी सुनाइयो ठ्याक्कै भन्न र प्रश्ट्याउन सकिन्न जबकि बाल्मीकि रामायण जस्तो प्रमाणिक ग्रन्थले सीताजीलाई अनेक ठाउँमा विदेहराज जनकको आत्मजा एवं औरस पुत्री तथा उर्मिलाको सहोदरा भनेर व्याख्या गरेको छ भने वैदेही ,जानकी आदि नाम पनि उनकैलागि प्रयोग भएको पाइन्छ –
वर्धमानां ममात्मजाम् (बाल० ६६ /१५ ) ;
जानकात्मजे (युद्ध० ११५ /१८ ) ;
जनकात्मजा (रघुवंश १३ /७८ )
महाभारतमा लेखिएको –
================
विदेहराजो जनक: सीता तस्यात्मजा विभो
(३ /२७४ /९ )
अमरकोश (२ /६ /२७ ) ले ‘आत्मज’ शब्दको अर्थ यस्तो लाएको छ –
आत्मनो देहाज्जातः = आत्मजः अर्थात जो आफ्नो शरीरबाट जन्मिएको छ , त्यो आत्मज हो ! आत्मा क्षेत्र (महिला ) को पर्यायवाची हो ; क्षेत्र र शरीर पर्यायवाची हो !
” क्षीयते अनेन क्षेत्रम ”
महिलालाई क्षेत्र भन्नु पर्ने कारण र त्यसको अर्थ के हो भने महिलाहरुको शरीर संतान जन्मिएपछि क्षीण भएर जान्छ तर पुरुष बीजरूप भएकाले उनीहरु क्षीण हुदैनन् !
रघुवंश सर्ग ५ , श्लोक ३६ अनुसार –
ब्राह्मे मुहूर्ते किल तस्य देबी कुमारकल्पं सुषुवे कुमारम् ।
अत: पिता ब्रह्मण एव नाम्ना तमात्मजन्मानमजं चकार ।।
आत्मज या आत्मजा त्यसैलाई भन्न सकिन्छ जो महिला र पुरुषको रज-वीर्यको मिलन भएर त्यहीं हुर्की बढी गर्भाशयबाटै जन्म लिन पुग्छन ! किनभने संस्कृतमा ‘जनी प्रादुर्भावे’ बाट जननी शब्द बन्दछ ! त्यसैले जन्म दिनेलाई जननी भनिएको हो ! द्वापर्मा पालन-पोषण गर्ने ” यशोदा ” माता भनिएकी थिइन् तर जन्म दिएको कारण जननी देवकीनै भनिन्थिन ! बनवास कालमा अत्रि ऋषि आश्रममा सीता र राम पुग्दा अनसूया संग भएको कुराकानीमा सीताले भनेकी थिइन् –
पाणिप्रदानकाले च यत्पुरा तवाग्निसन्निधौ।
अनुशिष्टं जनन्या में वाक्यं तदपि में घृतम् ।।
अयो० ११८ /८ -९
विवाह समयमा मेरी जननीले अग्निका अघि मलाई दिएको उपदेश मैले बिर्सेकी छैन ती उपदेशलाई मैंले हृदयंगम गरेकी छु !
प्रश्नहरु :
———-
विहेको समयमा उपदेश दिने ‘जननी’ पृथिवी कसरी हुन् सक्छिन ?
छोरी बिदाई गर्दा रुने पृथिवी थीईन त् ?
फेरी राम र सीताको पाणी ग्रहण संस्कार गरिंदा रामचन्द्रको २२ पुस्ताको बंश वर्णन र सीताजीको २२ पुस्ताको वंश वर्णन गरिएको थियो ! यदि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हुन्थ्यो भने पृथ्वी भन्दा पहिलेको पुस्ता कसरी ल्याउथे ? सीताजी पृथ्वीबाट जन्मिएकी हुन् भन्ने श्रोत विष्णु पुराण, अंश ४ , अध्याय ४ , वाक्य २७ -२८ देखिन्छ तर कुन अर्थमा र के उद्द्येश्यले सीता जन्मलाई त्यसरी वर्णन गरीयो यसै भन्न सकिने अवस्था छैन !
अयोनिजा शब्दको प्रयोग
================
हाम्रो परम्परा अनुसार यस काश्यपी सृष्टिमा जीवनको विकास क्रमिक रूपमा हुदै गएको हो !यो कुरो धेरै ग्रन्थहरुमा उल्लेखित गरिएको छ !श्रीमद्भागवत पुराणमा वर्णन गर्दै भनिएको छ –
सृष्ट्वा पुराणि विविधान्यजयात्मशक्तया
वृक्षान्‌ सरीसृपपशून्‌ खगदंशमत्स्यान्‌।
तैस्तैर अतुष्टहृदय: पुरुषं विधाय
व्रह्मावलोकधिषणं मुदमाप देव:॥ ११-९-२८
विश्वको मूलभूत शक्ति सृष्टिको रूपमा अभिव्यक्त भयो !यस क्रममा वृक्ष, सरीसृप, पशु, पक्षी, किरा , माकुरा , माछा आदि अनेक रूपमा सृजना गरीयो ! तर तीबाट पूर्ण चेतना अभिव्यक्त हुन् नसकेकोले मान्छेको श्रिश्टि गरीयो !
प्राणिहरुको प्राचीन वर्गीकरण पद्म पुराण र बिष्णु पुराण अनुसार
=========================================
अर्को कुरा हाम्रो परम्परामा जीवन प्रारंभ भएदेखि मानव जीवन सम्म पुग्न ८४ लाख योनि बित्यो ! आधुनिक विज्ञानले पनि अमीबा देखि मानव जीवन सम्मको यात्रामा १ करोड़ ४४ लाख योनि बितेको देखाउछ ! आज भन्दा लाखौँ बर्ष अघि हाम्रा पूर्वजले यो कुरो साक्षात्कार गरी सकेका थिए ! तिनले ८४ लाख योनिहरुको वर्गीकरण यसरी गरे-
समस्त प्राणीहरुलाई दुई भागमा बाँडे योनिज तथा आयोनिज भनेर ! दुईको संयोग बाट उत्पन्न वा आफै अमिवा जसरी बिकशित भएको !
यस बाहेक स्थूल रूपमा प्राणीहरुलाई तीन भागमा बाँडियो :-
जलचर – जलमा रहने सबै प्राणी !
थलचर – पृथ्वीमा विचरण गर्ने सबै प्राणी !
नभचर – आकाशमा विहार गर्ने सबै प्राणी !
यस बाहेक प्राणी उत्पत्तिको आधारमा ८४ लाख योनिहरुलाई चार प्रकारले वर्गीकरण गरियो !
जरायुज – आमाको गर्भबाट जन्म लिने मान्छे र पशु जरायुज !
अण्डज – अण्डाबाट उत्पन्न हुने अण्डज !
स्वदेज- मल, मूत्र, पसीना आदिबाट उत्पन्न हुने क्षुद्र जन्तु स्वेदज !
उदि्भज- पृथ्वीबाट उत्पन्न प्राणिहरु को उदि्भज वर्गमा परे !
विष्णु पुराणमा संख्याको आधारमा विविध योनि निम्नानुसार देखाइयो !
=============================================
स्थावर – २० लाख प्रकार
जलज – ९ लाख प्रकार
कूर्म- भूमि र जल दुवै ठाउँमा ९ लाख प्रकार
पक्षी- १० लाख प्रकार
पशु- ३० लाख प्रकार
वादर – ४ लाख प्रकार
शेष मानव योनि !)
पद्मपुराण अनुसार
============
यो प्रथ्वीमा एककोशिकीय, बहुकोशिकीय, थल चर, जल चर तथा नभ चर आदि अनेक प्रकारका जीव जन्तुहरु पाइन्छन ! इनको संख्या तथा वर्गीकरण हामी पद्म पुराणमा निम्नानुसार छ !
जलज नव लक्षाणी, स्थावर लक्ष विंशति , कृमयो रूद्र संख्यकः !
पक्षिणाम दश लक्षणं, त्रिम्शल लक्षाणी पशवः, चतुर लक्षाणी मानवः !!
अर्थ :
जलज = जलीय जिव/जलचर (Water based life forms) – ९ लाख
स्थिर अर्थात रुख ,बिरुवा (Immobile implying plants and trees) – २० लाख
सरीसृप= कृमी/कीरा ,माकुरा (Reptiles) – ११ लाख
पक्षी/नभचर (Birds) – १० लाख 1.0 million
स्थलीय/थलचर (terrestrial animals) – ३० लाख
मानवीय नश्ल (human-like animals) – ४ लाख
कूल = ८४ लाख ।
यस प्रकार ५००० वर्ष पुरानो एउटा श्लोकले यस पृथ्वीमा भएका सबै प्रजातिहरुको संख्या उल्लेख मात्र होइन त्यसको बर्गिकरण समेत गरिदिएको छ !
अब पुनः सीता जन्म तीर फर्कम ! सीताजीलाई धेरै ठाउमा अयोनिजा भनिएको भेटिन्छ ! सीता पृथिवीबाट जन्मिईन भन्नुको अर्थ उनि माता-पिता बिहिन अर्थात स्त्री-पुरुषको संयोग बिना जन्मीन भन्नु हो ! अयोनिज सृष्टि भनेको यही हो ! सृष्टिको आदि कालमा समस्त सृष्टि अमैथुनीनै हुने गर्दछ ! यहाँ यो कुरो जोड्नु सान्धर्विक नै हुन्छ की सृष्टि चाहे मैथुनी होस अथवा अमैथुनी – प्राणिको शरीर रचना परमेश्वरले माता पिताको संयोगले नै गर्दछन !तर दुबैमा के अन्तर छ भने आदि सृष्टिमा माता (जननी) पृथ्वी थिन र वीर्य संस्थापक सूर्य (ऋग्वेद १ .१६४ .३ ) हुन्थे !
“द्यौर्मे पिता जनिता माता पृथ्वी महीयम”
अर्थात सृष्टिको आदि कालमा प्राणिहरुको शरीरको उत्पादक पिता रूपमा सूर्य र माता रूपमा पृथ्वी नै हुन्थिन ! परमात्माले सूर्य र पृथ्वीको रज वीर्यको संमिश्रणबाट प्राणिहरुको शरीर बनाएको हो !जसरी अहिले बच्चाले आमाको गर्भमा आमाको शरीरको रस लिएर हुर्किन्छ र विकसित हुन्छ त्यसरीनै आदि सृष्टिमा पृथ्वी रुपी माताको गर्भमा हुर्किदै जान्छ ! सीताको जन्म सृष्टिक्रम चालु हुनु भन्दा पहिले र साँचो तैयार भएपछी त्रेता युगमा भएको थियो !यसर्थ सीता अयोनिजा थिइन् भन्न मिल्दैन ! जनक तिनका बाबु थिए र रामचरितमानस अनुसार सुनयना उनकी आमा थिइन् !
मेरो सबै साथीहरु संग अनुरोध छ लोकाचार , मिथक, दंतकथा आदिमा आँखा चिम्लेर होइन आफ्नो धार्मिक पुस्तक पढेर र सत्य इतिहास थाहापाई आफ्नो बुद्धि जागृत गरेर अरु साथी भाईलाई पनि जगाउनोस !ताकि कुनै पनि विधर्मीले हाम्रो सत्य इतिहास , महापुरषहरु र विदुषिहरुप्रति दोषारोपण गर्न नसकुन र हामी वेद रुपी ज्ञान विज्ञान तर्फ निःसंकोच फर्किन सकम !
(यो लेखको अनधिकृत प्रयोग नगर्न हुन अनुरोध गर्दछु-लेखक)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM