२०८२ असार १९ गते, बिहीबार ०९:२०

रशिद खानको अलराउण्ड प्रदर्शनपछि सनराइजर्स कोलकातालाई हराउँदै आईपीएलको फाइनल पुग्यो

जेठ १२ – अफगानिस्तानी स्टार रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ ।

दोस्रो इलिमिनेटरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदराबादले चेन्नई सुपर किंग्ससँगको फाइनल भेट पक्का गर्‍यो ।

 

हैदराबादलाई जित दिलाउनका लागि रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ १० बलमा ४ छक्का र २ चौकासहित ३४ रन बनाए भने बलिङतर्फ पनि उनले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका रसिदले १९ रन दिँदै तीन विकेट लिए र फिल्डिङतर्फ पनि दुई क्याच लिएका थिए ।

म्यान अफ् द म्याचसमेत बनेका रशिदलृे कोलकाताविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन पनि गरे । रशिदले अहिलेसम्म यो आईपीएलमा जम्मा १६ खेलमा २१ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलब ७८ रहेको छ । सनराइजर्सका बलर सिद्धार्थ कौलले पनि १६ खेलमा २१ विकेट लिएका छन् ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । हैदराबादका लागि ऋद्धिमान शाहाले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो । कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे । कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २–२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे ।

प्रतियोगिताको उपाधिका लागि हैदराबादले आइतबार चेन्नईको सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदराबादलाई नै हराएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM