जेठ १२ – कुवेतले ३० वर्षभन्दा कम उमेरका विदेशी नागरिक भर्तीमा रोक लगाउने भएको छ ।
सीप नभएपनि हुने काम, मेसिन अपरेटर र सवारी चालाउने काममा ३० वर्षभन्दा कम उमेरका विदेशी कामदार भर्ती गराए पनि सीप चाहिने काममा ३० वर्ष भन्दा कम उमेरका विदेशी नागरिक भर्ती नगर्ने जनाएको छ ।
कुवेतले अघिल्लो वर्षको जनवरीमा नै यो नियम लागू गर्ने निर्णय गरेको थियो । तर श्रमिकको लेनदेनको विषयमा केही प्राविधिक कुराको समिक्षा गर्ने भन्दै रोकेको थियो ।
कुवेतको म्यानपावर पब्लिक अथुरिटीले यो नियम आउँदो जुलाई १ देखि लागू गर्ने जनाएको छ । दक्ष र विश्वविद्यालय पास गरेका विदेशी नागरिकले कुवेतमा राम्रो अवसर पाउन भन्ने उदेश्यले यो नियम ल्याइएको कुवेतले जनाएको छ ।
सेवा क्षेत्र र निर्माणको क्षेत्रमा अदक्ष कामदार बढेको भन्दै यो नियम ल्याएको पनि कुवेतले बताएको छ ।