बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन रिहा

0

जेठ १२ – बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।

 

आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए ।

उनी जिपीएस ट्रयाकर लगाउन र आफ्नो पासपोर्ट प्रहरीलाई दिन पनि तयार भएका छन् । ६६ वर्षका उनीमाथि महिला कलाकारले बलात्कार गरेको आरोप लगाएका थिए । धरौटीमा रिहा भएपछि न्यूयोर्क प्रहरीले उनीमाथि बलात्कार मुद्दामा कारवाही अघि बढाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्