Sunday, September 8, 2024

यो लुट होइन ?

– जय प्रकाश गुरागाईं

१) एक बोतलको २० रुपैयाँ । दैनिक तीन लिटर पानी पिउने हो भने प्रतिमहिना १८ सय । वार्षिक २१ हजार ६ सय । नेपालीको प्रतिव्यक्ति आय ४,७२० औसतमा ७२ हजार । वार्षिक आयको ३० प्रतिशत पानीको लागि खर्च ।
यो लुट होइन ?

२) ५५ लाख धरौटी, दुई रोपनी जग्गा, स्टाफ खर्च र राजस्व । करिव तीन करोड लगानी गर्ने प्रेटोलपन्पले प्रतिलिटर एक रुपैयाँ मुनाफा पाउँछ । कोकाकोलाले विक्रेतालाई एक रुपैयाँ मुनाफा दिन्छ । तर पानीमा नाफा ८ रुपैयाँ ।
यो लुट होइन ?

३) कोकाकोलाले कण्टेनर रिटर्न अर्थात बोतल फिर्ता लिन्छ, जुस कम्पनीले डिस्पोजल बोतल प्रयोग गर्छ, पानीको बोतल किन पुन: प्रयोगयुक्त नबनाउने ? जवकी बोतल किन्न मै वार्षिक अर्वौं बाहिरिन्छ ।
यो लुट होइन ?

४) राजमार्ग आसपास र काठमाडौं कै भातहोटलमा खाना खाँदा दालको पैसा लाग्दैन । तर पानीको छुट्टै पैसा लाग्छ । त्यो पनि मनलाग्दो मुल्यमा र महँगो ब्राण्डको मात्र ।
यो लुट होइन ?

५) आक्वाको ३५, किनलेको ४५, रुछाबे ब्राण्ड, रुमालले छानेर बेच्ने को २० । मानौं पानी ब्याक, रेड र ब्ल्युलेवलको रक्सी हो ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -