२०८३ असार १८ गते, बिहीबार २२:१८

छिपहरमाई गापा सम्बन्धि आएको समाचार आधारहिन रहेको दाबी

वीरगंज ३० असार ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका कार्यालयमा अनियमित्ता भएको भन्दै अख्तियारले छानबिन सुरु गरेको भनि विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचार प्रति गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिका नि.प्रमुख प्रशासकिय अधिकृत शिवपुजन प्रसाद कानुले प्रेस विज्ञप्ति जारी गर्दै पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तह मध्ये छिपहरमाई गाउँपालिकामा विकासको काम तिब्र गतिमा अगाडि बढे पनि केहि सञ्चारमाध्यमहरुले भ्रामक खालको समाचार प्रकाशन÷प्रशारण गरेकोमा आपत्ति प्रकट गरिएको छ ।

अख्तियार सम्बन्धि छानबिनको कुरा लिखित तथा मौखिक गाउँपालिकालाई जानकारी नभएको र जिल्ला समन्वय समितिमा पनि कुनै पत्र समेत नआएकोले यस्ता आधारहित समाचारको पछाडि नलाग्न सम्पूर्ण सर्वसाधारणमा अपिल गर्दै सत्य तथ्य बुझीमात्र समाचार प्रकाशन गर्न अनुरोध समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM