२०८३ जेष्ठ ५ गते, मंगलवार १५:१७

मेजरले नाम पोलेपछि कर्णेलको फुली खोसियो

काठमाडौं । नेपाली सेनाको विशेष फोर्सका कमाण्डर भइसकेका एकजना सैनिक कर्णेलको फूली खोसिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले ती कर्णेललाई हाल लगाएको फूली खोसेर एक तह घटुवा गर्ने निर्णय गरेका छन्।
नेपाली सेनाका अनुसार, यसरी फूली खोसिने सैनिक अधिकृत लेफ्टिनेण्ट कर्णेल (प्रमुख सेनानी) हरि बोहोरा हुन्। उनी वि सं २०७४-२०७५ मा नेपाली सेनाको विशेष फौज मानिने भैरवनाथ गणका गणपतिसमेत थिए।
छानविनमा रहेको जर्नेलले पोलेपछि बोहोराको फूली खोसिएको हो। बोहोरा लेफ्टिनेण्ट कर्णेलबाट घटुवा भई मेजर(सेनानी) मात्र भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बोहोरामाथि कोर्ट मार्शल गर्दै एक तह घटुवा गरिएको जानकारी दिए। ‘उहाँमाथि कोर्ट मार्शल गर्दै कारवाही गरिएको हो,’ सहायक रथी भण्डारीले भने, ‘उहाँको एक तह घटुवा गरिएको हो।’
बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए।
उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिएका थिए। उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो।
उनीमाथि भैरवनाथ गणको गणपति हुँदा सैनिक मुख्यालयले दिएको रकम दुरुपयोग गरेको आरोप लागेको छ। हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल शाहीले आफ्नो कार्यकालको हिसाव किताव देखाउने क्रममा कर्णेल बोहोरालाई पोलेका थिए।
शाही सो समयमा नेपाली सेनाको शक्तिशाली मानिने बजेट विनियोजनको मुख्य जिम्मेवारीमा थिए।
उनीमाथि छानविनका क्रममा अपुग रकमबारे गरिएको खोजतलासका क्रममा शाहीले कर्णेल बोहोरालाई सो रकम दिएको बताएका थिए। हिनामिनाको रकम झण्डै २० करोड बराबर रहेका सैनिक स्रोतको भनाइ छ।
सो रकम विशेष फौज मानिने भैरबनाथ गणका लागि पठाइएको थियो। माओवादीको सशस्त्र विद्रोहको समयमा भैरबनाथ गण निकै चर्चित फौज थियो।
माओवादीका हार्डकोर लडाकुहरुलाई पक्राउ गरी थुन्ने र यतना दिने ठाउँका रुपमा महाराजगञ्जस्थित गणको भवन लक्ष्मी निवास निकै विवादमा पनि परेको थियो। बोहोरा पूर्व सेनापति राजेन्द्र क्षेत्रीका निकटम् नातेदार हुन्।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM