२०८३ जेष्ठ ५ गते, मंगलवार १७:११

फागुनमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन आयोजना हुँदै

काठमाण्डौ/ नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा आगामी २०७९ फाल्गुन ७ र ८ गते (तदनुसार सन् २०२३ फेब्रुअरी १९ र २०) मा युनिग्लोब एसएस/कलेज, कमलादीमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2023) हुँदैछ ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय आविष्कार केन्द्र (NIC), नेपाल युवा परिषद् (NYC), युनेस्को-नेपाल , अनुसन्धान तथा विकास सोसाईटी नेपाल (RDS) र नेपाल विज्ञान शिक्षक समाज (STAN) सँगको सहकार्यमा आयोजना हुने उक्त सम्मेलनमा देशभरका कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरूले सम्मेलनमा भाग लिन सक्नेछन् ।

उक्त सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरू मध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरि प्रतिस्पर्धा गर्न सक्नेछन्: १) इन्जिनियरिङ तथा रोबोटिक्स, २) जीव विज्ञान, ३) रसायन तथा पर्यावरण विज्ञान, ४) भौतिक विज्ञान, र ५) तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत) । महिला र अपाङ्गता भएका युवा अनुसन्धानकर्ताहरूलाई उक्त शिखर सम्मेलनमा सहभागिताका लागि बिशेष प्रोत्साहन गरिन्छ l

हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्नेछन् । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यस सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ ।

साथै शीर्ष विजेताहरू सन् २०२३ नोवेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने “१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेमेलन” मा सहभागिताका लागि आवेदन दिन योग्य हुनेछन्।

साथै शिखर सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य अनुसन्धान तथा सहकार्यका अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM