वीरगंज/ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ। बस्नेतको ठाउँमा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न कोमल बिक्रम शाह आउने भएका छन्।
प्रहरी प्रधान कार्यालयले सोमबार २३ जना प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेकोमा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् ।
पर्साका एसपी रमेश बस्नेत महानगरिय प्रहरी परिसर रानी पोखरी जाने भएका छन् भने नेपाल प्रहरी पहरा गण सामाखुशीबाट पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न शाह आउन लागेका हुन्।
काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् ।
त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।
हेर्नुहोस् सूचि