– सुदर्शनराज पाण्डे
वर्ग संघर्ष र वैचारिक संघर्षले मात्र राजनीतिक पार्टीलाई जीवन्त बनाउन र देश र जनताका लागि उपयोगी पार्टी बनाउन सक्दछ । अवसरवाद, वर्ग समन्वय वाद, द्वैध चरित्र र मापदण्डबाट वर्तमान संसार टिक्न सक्दैन भन्ने देखा परिसकेको छ । लोकतान्त्रिक मूल्इ र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने यस युगमा मालेमावाद भन्दा बलियो राजनीतिक अस्त्र अर्को छैन । नयाँ ऐतिहासिक कार्यभार पूरा गर्न नेपालमा नयाँ वैकल्पिक क्रान्तिकारी, देशभक्त राजनीतिक शक्तिहरूको उदय र नेपालमा रहेका सबै पार्टीमा आवद्ध सम्पूर्ण समाजवादी, राष्ट्रवादी भावनाका जनताहरूबीच एकीकरण प्रकृयाको सुरुवात अनिवार्य छ । नेपालमा बहुदलीय व्यवस्था होइन, दुई पार्टी प्रणाली वा वैज्ञानिक समाजवादी प्रणालीको अनिवार्य आवश्यकता देखा परेको छ ।
नेपालको कुटनीतिक अभ्यास अब न चीन कार्ड न भारत कार्ड हुनु पर्दछ । राजनीतिमा व्यापक ध्रुवीकरण भइरहेको छ । संशोधनवादी कम्युनिष्टबीचको एकता र क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनयुद्धको सेरोफेरोमा छ, मुलुकको राजनीति, दुई मध्ये एक धारको राजनीतिक रोजाई जनताको हुन सक्दछ । निर्णायक र परिवर्तनको संवाहक शक्ति भनेको सार्वभौम नेपाली जनताहरू नै हुन् । वर्तमान कम्युनिष्ट सरकार संशोधनवादी कम्युनिष्ट पार्टीको सरकार हो । यसले संसदीय व्यवस्थ टिकाउन शिश्चित रुपमा क्रान्तिकारी कम्युनिष्ट र देशभक्त शक्तिमाथि दमन गर्दछ, त्यतिखेर राजनीति विष्फोट हुन्छ । वर्तमान संसदीय व्यवस्था २०६३ को ऐतिहासिक जनआन्दोलनको उद्देश्य र लक्ष्य विपरितको हो । नेपाल र नेपालीलाई कंगाल बनाइ अन्तिममा नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने दूषित व्यवस्था हो । नेपाल र नेपालीहरूलाई हरीकंगाल बनाउने दलाल संसदीय व्यवस्था कुलंगार नेताहरूको कारण नेपाल र नेपालीहरूले इतिहासमै नपाएको दु:ख पाउने दिन आउँदै छ ।
संसदवादी व्यवस्थाका हिमायती पार्टीका ठूला नेता र कार्यकर्ता शासन सत्ताको दुरुपयोग गर्ने खराब प्रवृत्ति बोकेका पात्रका रुपमा देखिएका छन् । देश र जनतालाई योगदान दिने भन्दा देश र जनतालाई ढाँट्ने, छल्ने, षडयन्त्र गर्ने, अवसरको फाइदा लुट्ने, नाजायज ढंगले धन कमाउने तत्व, शक्ति र व्यक्तिको निर्मूल गर्ने अस्त्र भनेको न्यायपूर्ण जन संघर्ष नै हो ।
संसदवादीहरूको चरित्र समाजवादोन्मूख हुन सक्दैन । । संसदीयवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताको चरित्र निगम पूंजीवाद राष्ट्रिय–अन्तर्राष्ट्रिय दलालीकरण, भूमाफियाको बढावा, कालो बजारी, विचौलिया र ठेकेदारलाई संसदमा समावेशी र समानुपातिक प्रतिनिधि बनाई पूंजीपति दलाल वर्गवालई सेवा गर्नु हो भने पूंजीपति वर्गको प्रतिनिधित्व भएको संसदले श्रमजीवी वर्गको हितमा ऐन, कानुन, नीतिको निर्माण हुन सक्देन । तसर्थ अहिलेको ठोस विश्लेषण संसदवादी र क्रान्तिकारीबीचको टकराव नै हो । संसदवादी शक्तिबीच पनि पूंजीवादी दलाल सामजिक दलाल र मधेशीको एजेण्डामा राजनीति गर्ने राजपा वा फोरम जोसुकै भएपन संसदवादी युरोपियन युनियनका एजेण्ट हुन् । यो संसदीय व्यवस्थालाई ध्वंस पार्न यता क्रान्तिकारी देशभक्त शक्तिबीचको ध्रुवीकरण मार्फत क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट सम्पूर्ण शोषण, उत्पीडन, उपेक्षित वर्गलार्य साथमा लिई देशभक्त, प्रगतिशील प्रवुद्ध वर्ग, मजदुर, किसान, सुकुम्बासी, श्रमजीवी, नेपाली सेना, नेपाल प्रहरी एवं मध्यम वर्गका जनताका साथ र समर्थनमा गाउँ शहरलाई संयोजन गर्दै पार्टी जनमुक्ति सेना, जनसत्ता र संयुक्त मोर्चा निर्मण तथा सुदृढिकरण गर्दै शीत युद्ध, सशस्त्र युद्धको फ्युजन र एकीकृत जनक्रान्तिको रफ्तारबाट प्रदूषितकरण नीति संसदीय पूंजीवादी व्यवस्थाको ध्वंश र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ खातिर तमाम मुक्तिकामी जनसमुदायको समर्थन, सहयोगको अपीलको साथ साथै नेपाल कम्युनिष्ट पार्टीको मूल सिद्धान्त एकीकृत जनक्रान्तिको मर्म र मूरन्य कार्यभार हो । नेपालीलाई गरिबीको मुखमा धकेल्ने काम संसदीय व्यवस्थाले नै गरेको हो ।
संशोधनवादी विचारको जन्म सन् १८९६–९८ तिर पूंजीवादले तीव्र विकास गरिरहेको युरोप मुख्यत: जर्मनीबाट भएको हो । यसका जन्मदाता जर्मन निम्नपूंजीवादी एव मजदुर आन्दोलनका सुधारवादी, अर्थवादी नेता एडअर्ड वर्नस्टिन हुन् । संशोधनवादले शान्तिपूर्ण संघर्षद्वारा समाजवाद, शान्तिपूर्ण बाटोबाट राज्यमा सुधार, आन्दोलन, सबै चीज हो । लक्ष्य केही होइन, भन्ने विचारद्वारा निम्नपूँजीवादी दुनियाँको ‘पोखरीमा तरंग’ सिर्जना गर्ने जमर्को गर्यो । संशोधनवादले कम्युनिष्ट आन्दोलन र वैज्ञानिक समाजवादी सत्तामा प्रभाव पनि जमायो, सत्ता कब्जा गर्न पनि सफल भयो तर यो विचारधारा लामो समय टिक्न सकेन । सन् १९९० को दसकमा पुग्दा विश्व् संशोधनवाद सम्पूर्ण रुपले ‘बालुवाको महल’ जस्तो धाराशायी भयो र पतन भयो । आज पनि सामाजिक पूंजीवादमा पतन भईसकेका छन् । पूंजीपति वर्गसँग मिलेर समाजवाद बनाउने कुरा असंभव र पागलपूर्ण कुरा हो । संशोधनवादले समाजवादलाई विकृत पार्ने प्रयास गर्दै आएको छ ।
एमाले र माओवादी गठबन्धनको चुनाव र पार्टी एकीकरणले मुलुकलाई समाजवाद उन्मुख गराउँदै छ भनि आश्वस्त पार्ने त्यस्तो नीति, कार्यक्रम, योजना लक्ष्य र उद्देश्य केही देखा पर्न सकेको छैन । उत्पादनमुखी नीति कार्यक्रम विना देश समृद्ध हुन सक्दैन । विकास निर्माणमा जनसहभागिता व्यापक परिचालन अनिवार्य शर्त हो । ठेकेदारी प्रथा, सिण्डिकेट प्रथा, खर्चमुखी बजेट, विदेशी स्वार्थको रक्षा गर्ने नीति, आम शोषित पीडित उदासिन हुने अवस्थाले समाजवादको विकास हुन सक्दैन । समाजवादी राष्ट्र निर्माणका अहिलेको राज्य संयन्त्रहरूको प्रतिस्थापना र नयाँ संरचना र संयन्त्र स्थापना गरिने खालका रणनीति बारे संसदवादी पार्टी र सरकार मौन छन् । उनीहरूमा कुनै उत्साह र उमंग छैन । जनप्रतिनिधि तलवेदार कर्मचारीमा परिणत भएपछि समाजवाद देश र जनता ठग्ने माध्यम मात्र बनेको छ ।
झण्डै दुई तिहाई मतको समर्थन प्राप्त बाम गठबन्धनको संसद सरकारलाई ‘समाजवाद ल्याउन’ कुनै कुराले छेक्दैन तर संसदवादबाट समाजवाद आउन सक्दैन भन्ने सत्यतालाई पनि कसैले भूल्न सक्दैन । संसदीय व्यवस्थाको अवगुण मात्र अवलम्बन गरेर समाजवाद उन्मुख व्यवस्था बनाउन सर्किदैन । ‘जनतालाई फुटाउ र शासन गर’ संसदीय व्इवस्थाको मूल ध्येय हो । नेपालजस्तो अविकसित, असफल राष्ट्रका लागि राजनीति काल हो । संसदीय अभ्यास नेपालका लागि असफल भएको प्रमाणित भईसकेको छ । निलो रंगले रंगिएको नीति कथाको उदाहरण प्रस्तुत गर्न पुगेको संशोधनवादी कम्युनिष्टले नेपालमा द्वन्द्व र अशान्ति, अभाव, महंगी, भ्रष्टाचार, दलाली, अव्यवस्था, बेरोजगारी, गरिबी, शोषण, दमन, अप्रजातान्त्रिक र अपराधिक गतिविधि बढाउन बाहेक केही दिन सक्दैनन् । पूंजीपति वर्गसँग सम्झौता, सहस्तित्व, सहकार्य, सुधार गर्दै समाजवाद ल्याउन सक्दैन ।
यस व्यवस्थाले वास्तविकतामा आधारीत राजनीतिक र आर्थिक मुद्दाहरूको अनत्य गर्न सक्दैन । भौतिकवाद र अध्यात्मवादको समायोजन गर्ने कि पूंजीवाद आदर्शवादलाई मलजल गर्ने भन्ने कुरा ठूलो हो । यो संसदीय व्यवस्थाले नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित पार्न सक्दैन र टिकाउ पनि छैन । यो व्यवस्थाले जनता वाक्क दिक्क पार्ने, जनताबाट टाढिने व्यवस्था छिट्टै सावित हुनेछ । संशोधनवादीको नाङ्गो रुप देखा पर्ने छ । संसदवादी संशोधनवादी कम्युनिष्टको वर्तमान चालाले राजनीतिक दृष्टिकोणले कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गलाई सत्ताको नेतृत्व गर्ने अग्रदस्ता र चालक दलबाट पूंजीवादी वर्ग र सत्ताको पुच्छरवादी संसदवादी, सुधारवादी, यथास्थितिवादी झुण्डमा गिराई दिन्छन् । जुन विषय एक श्रमिक वर्गीय नेतृत्व र शक्तिकालागि सबभन्दा घृणास्पद वस्तु बन्दछ ।
२०७५ जेठ २४ गते क्राइम चेकमा साप्ताहिकमा प्रकाशित