२०८२ माघ ४ गते, आईतवार २०:२३

वालिङमा ‘सिर्जनशील संवाद’ कार्यक्रम, विद्यार्थीले पाए युवा कवि मिलन समीरसँग साक्षात्कार

वालिङ, स्याङ्जा ।

स्याङ्जाको वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीले ‘सिर्जनशील संवाद’ नामक नयाँ शृङ्खलाको प्रारम्भ गर्दै शुक्रवार युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरसँग विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको कक्षा १० की छात्रा सिमरन खड्काको सहजीकरणमा सम्पन्न कार्यक्रममा समीरले आफ्ना अनुभव र दृष्टिकोण विद्यार्थीहरूसँग साझा गरेका थिए। उनले पाठ्यपुस्तक बाहिरका पुस्तकहरूको अध्ययनको आवश्यकता, सिर्जनशील लेखनको महत्व र अभ्यासका तरिकालगायत विषयमा विचार राख्दै विद्यार्थीहरूलाई साहित्यिक यात्रामा लाग्न प्रेरित गरे।

कार्यक्रमका अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले ‘सिर्जनशील संवाद’ शृङ्खला प्रत्येक महिनाको तेस्रो शुक्रबार आयोजना गरिने जानकारी दिए। सुवेदीका अनुसार, अग्रज पुस्ताका स्रष्टा तथा समाजका विभिन्न क्षेत्रका उदाहरणीय व्यक्तित्वहरूसँग विद्यार्थीलाई साक्षात्कार गराउने उद्देश्यले यो कार्यक्रम प्रारम्भ गरिएको हो। यसले विद्यार्थीको सिर्जनात्मक सोच र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकासमा टेवा पुर्याउने अपेक्षा लिइएको छ।

स्याङ्जामा पहिलो पटक यस्तो शृङ्खलाबद्ध संवाद कार्यक्रम सञ्चालन भएको विद्यालयका शिक्षकहरूले बताएका छन्। कार्यक्रममा समीरले आफ्नो व्यक्तिगत साहित्यिक यात्रा, सिर्जना प्रक्रियाका अनुभव र चुनौतीबारे पनि विद्यार्थीहरूसँग खुलेर चर्चा गरेका थिए।

करादीखोला, स्याङ्जामा जन्मिएका समीर हालका दिनमा स्याङ्जाको साहित्यिक क्षेत्रमा मात्र होइन, राष्ट्रिय साहित्यिक वृत्तमै सक्रिय नाम हुन्। ‘गाउँमा साइरन बजेपछि’, ‘प्रिय दुश्मन’, ‘मिलन समीर र मिलन समीरहरु’ र ‘मिलन मन्त्र’ जस्ता कृतिहरू प्रकाशित भइसकेका उनका कृति हुन्, भने ‘समीर सूत्र’ प्रकाशोन्मुख अवस्थामा छ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिवसमेत रहेका समीर विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध हुँदै आएका छन्। नेपाली भाषा-साहित्यको प्रवर्द्धनका लागि उनले स्थानीयदेखि राष्ट्रियस्तरका थुप्रै अभियान सञ्चालन गर्दै आएका छन् भने उनका योगदानका लागि उनले विभिन्न सम्मान तथा पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

विद्यालयले निकट भविष्यमा पनि साहित्य, कला, समाज सेवा, विज्ञान जस्ता विविध क्षेत्रमा क्रियाशील अग्रज व्यक्तित्वहरूसँग ‘सिर्जनशील संवाद’ निरन्तर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM