२०८२ आश्विन २६ गते, आईतवार १३:२८

भतिजालाई गोली हानेपछि आफैँलाई गोली हानी आत्महत्या

झापा- झापाको गौरादह नगरपालिका ८ मा मंगलबार साँझ आफ्नै भतिजलाई गोली हानेर काका मृत अवस्थामा फेला परेका छन्।

गौरादह ८ का ३५ वर्षीय बिरन शाहले आफ्नै भतिज हेमराज शाहलाई गोली हानेका हुन्।

भतिजलाई गोली हानेका बिरन घटनास्थलबाट करिब ५० मिटर टाढा आफैंले कन्चटमा गोली हानेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

काकाले हानेको गोली लागेर घाइते भएका हेमराजको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बिरनको शवसँगै पेस्तोल र १४ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM