– प्रशान्त महासगर
खाने भात र जाने घाट जस्तै सबैको उद्देश्य, लक्ष्य विकासै हो । सुशासन र समृद्धि नै हो । तर पनि व्यापारीको ब्राण्ड झै चुनावी चिन्ह, विचार फरक छन् भन्ने कुरा गर्छन्, किन ? चुनावको उद्देश्य के थियो ? जनताले खोज्ने समृद्धि के हो ? किन जनता आफ्नै देशमा ग्राहक बनेको छ ? किन सबै राजधानीमा आश्रय लिन आउँछन् ? किन, के यसको जवाफ चुनावमा छैन् र ? हामी नेतृत्व छान्ने प्रक्रियालाई चुनाव भनी होमि रहेका छौं । तर नेपाली हुँ हुनुपर्छ भन्ने यथार्थतामा छैनौं । त्यसैले यहाँ धेरै प्रकारका लोगोहरु छन् । हामी ग्राहक कुन किन्ने भन्ने सोचमा छौं । सर्वप्रथम चुनाव विकासमुखी होईनौं किनभने जो जहाँबाट उठेपनि हुन्छ तर भोट जन्मथलोबाट खसाल्नुपर्छ । यसमा जन्मभूमिप्रतिको आत्मियता छैन् । जननी जन्मभूमि स्वर्गादपी कुरा मात्र चुनाव जन्मभूमि आफ्नो भनेको छैन् । हुनुपर्छ त्यो सोचिएको छैन् । यस्तो अवस्थामा आफ्नो गाउँठाउँ विकास हुन्छ सोच्नु आफैलाई श्रापित पार्नु हो । अर्को आम नेपाली चार किल्ला सिमाङ्कनभित्र बस्ने बस्दै गरेका सास फेर्न नसके आत्माहत्या गर्नेहरू जन्मले नेपाली भनिए तापनि ग्राहक भन्दा माथि राज्यले अर्को ठानेका छैनन् । त्यसैले हाम्रो निम्ति भनिएको संविधान स्वयम् हाम्रो बनेको छैन् । शोषण र दमनको नयाँ नीति मात्र हो चुनाव र त्यसबाट स्थापित कानून । हामी सधैं किन्तु परन्तुका जन्तु हौं त्यसकारण जल श्रोतको दोस्रो धनी राष्ट्रमा हामी पानीको ग्राहक छौं । बिजुली राज्यले तय गरेको मुल्यमा किन्छौं । सञ्चार संसारकै महँगो मुल्यमा खरिद गरि सम्पन्न छौं प्रहसनको कलाकार, हामी ग्राहक हौं । पसल, सरकार हो । स्वास्थ्य शिक्षा किन्न सक्नेले पाउने देश नेपाल राज्य हो । तर यसको फेरबदल हुनुपर्छ चुनावी नारा कहिँ छैन् । नेपालभित्र नेपाली छन् यसको राजनीति गर्ने कुनै व्यापारी छैन् । फलत: हामी मानवको चोला ओढ्ने पशु भएका छौं । हामी राम्रो थाहा छैन् । विकास के हो चाहिदैन् । मातापिता कसलाई भनिन्छ त्यसको संस्कार पनि आवश्यकता छैन् । हात चलाईयो खुट्टा कुदाईयो दुई गाँस जोड्यो, पुग्यो । अरुले गर्ने राजनैतिक बलात्कारको हामीलाई वास्ता छैन् । जन्मघर बन्नुपर्छ त्यसको चिन्ता भन्दा नि सुबिधा लोभमा स्वतन्त्र कैदी बन्नु परेको बाध्यताको मतलब छैन् । देशभित्रको परदेशी हुन स्विकार्य छ तर आत्मा सम्मानको चिन्ता छैन् । मनुष्य हुँ भन्नेमा गर्व छैन् । पशु झै भौतारिनुलाई जिउनु सम्झिनु एक प्रकार लास हुनु नै हो जस्मा आस फुकिदैन् । त्यसकारण हामी राजनीतिबाट पुर्ण लुटमा छौं । शासन व्यवस्था फेरेर गणतन्त्रसम्म पुग्दा पनि यहाँ हाम्रो के फेरिईयो । उहीँ हाईफाई ग्राहकसम्म भयौं । मागेरै स्थापित हुनुपर्छ सिवाय नौलो कुरा गर्न जानेनौं । आरक्षण भनेको छ त्यसभित्र हेपाह मतलब छैन् । पाउने कुरा हामी खुशी छौं तर सुखी हुनुपर्छ अबको राजनीतिबाट सिक्नुपर्छ । त्यही सिकाउनेलाई मत दिने विचार बनाउनुपर्छ । हामी ग्राहक होईनौं यो देशको नागरिक बनाउने चुनाव चाहिन्छ । विकास त वजेट हुने हो । राम पुगेपनी श्याम पुगे आउने बजेट त्यति नै हो जुन बाँडफाँडमा संकिर्ण सोच हुनु भएन् । राजनीतिमा दुश्मनी देखाउनु भएन् । राजनीति सेवाको लागि हो । खर्छ कमाईको हिसाब राख्ने राजनीति अब हामीलाई चाहिएन् । हामी यो देशका जनता हौं । हामीलाई अब ग्राहक बनाउने नीति जलाउने राँको बाल्ने शासक चाहियो । अबको चुनावमा जनशक्ति संरक्षण र त्यस्को प्रवर्द्धन गर्ने नीति अनुरुप जनता ग्राहक होईनौं भन्ने बाटोको पदचिन्हमा अगाडि बढौं । होडमा भन्दा जोडमा अगाडि बढौं । जोडले राष्ट्र बन्छ । रहर मेटिएला तर त्यसको असर राज्यले भुक्तानी दिन नपरोस् । राष्ट्रिय सम्पत्ति सर्वनाश गर्ने चुनावामा आफ्नो भूमिका निष्ठा पुर्वक निर्वाह गरौं ।