२०८३ जेष्ठ २४ गते, आईतवार ०९:२७

सात वर्ष अगाड़ी आजैको दिन मधेशमा बिनाश मचेको थियो र पहाड़ र हिमालमा दिपवाली

आज असोज ३ गते । संविधान दिवस !
सात वर्ष अगाड़ी आजैको दिन मधेशमा बिनाश मचेको थियो र पहाड़ र हिमालमा दिपवाली मधेसी र थारुहरुको रगतले रक्तरञ्जित संविधानको दिवस मनाउन सकिएन।

आजकै दिन विरगंजमा राज्यले शत्रुधन पटेलको हत्या गरेको थियो।५२मधेसीको हत्या संगै शहीद हिफाजत मियाँ र दिलिप चौरसियालाइ बिर्सिन सकिएन।२०७२ साल भदौ १ गते भारदह सप्तरीमा शहीद राजिव राउतको हत्यावाट सुरु खुनी खेल नेपाली राज्यले सप्तरीकै मलेठमा ४ जनाको हत्या सम्म निरन्तरता दियो।शहीदहरुलाइ हार्दिक श्रद्धाञ्जली।हत्याराहरुले सजाय पाएको दिन र संविधानमा मधेसी, महिला, जनजातिको पहिचान, सम्मान र समान अधिकार समेटिएको दिन दिपावली गर्नेछु।

मेरा धेरै मित्रहरु आज खुसियाली मनाइरहँदा म शोक मनाउँदै छुँ। २०७२मा पनि यही अवस्था थियो र यो अवस्थामा परिवर्तन नभएसम्म हामीलाइ माफ गर्नुहोला।

तपाइँहरूलाइ म शुभकामना पनि दिन सक्दिन । प्रतिक्षा गर्नेछु त्यो दिनको जुन दिन सबै नेपालीले महिला र पुरुषले, दलित र जनजातिले, मधेसी र थारुहरुले एकैचोटी संगै खुलामञ्चमा संविधान र नेपालीत्वको उत्सव मनाउँछौं। सम्पूर्ण शहिदहरु लाइ हार्दिक श्रद्धाञ्जली। शहीद परिवारमा हार्दिक समवेदना।

– विजय कान्त कर्ण

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM