Tuesday, November 26, 2024
घरक्राइम चेकप्रहरीको इंस्पेक्टरको लिखित परीक्षामा मागभन्दा धेरै पास

प्रहरीको इंस्पेक्टरको लिखित परीक्षामा मागभन्दा धेरै पास

नेपाल प्रहरीतर्फ रिक्त प्रहरी निरीक्षक (जनपद) पदका लागि लोकसेवा आयोगले गत जेठ २२–२४ गतेसम्म लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्तिका लागि लिइएको परीक्षाको नतिजा आयोगले हिजो प्रकाशन गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले गत मंसिर १० गते विज्ञापन प्रकाशन गरेर खुलातर्फ ८१,अमर अशक्ततर्फ ३, महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेशीतर्फ १७, दलिततर्फ १० र पिछडिएको क्षेत्रतर्फ २ जना माग गरेको थियो ।

लिखित परीक्षामा एक हजार ५८१ जना सहभागी भएका थिए । तीमध्ये खुलातर्फ ११४, अमर अशक्त १, महिलातर्फ २३, आदिवासी जनजातितर्फ ५२, मधेशीतर्फ २७, दलिततर्फ १० र पिछडिएको क्षेत्रतर्फ ८ जना छनोट भएको आयोगले जनाएको छ ।

उत्तिर्ण भएकामध्ये पहिलो नम्बरमा अक्षयकुमार रावल रहेका छन् । त्यसैगरी,अच्युत सुवेदी,अजय डाँगी, अनिलकुमार चौधरी, अनिल श्रेष्ठ,अनुजा जंगम,अनुप सुवेदी, अप्रिल चापागाईंलगायत अन्य थुप्रै परीक्षामा पास भएका छन् ।

उनीहरुलाई असोज ९ गते आइतबार बिहान ९ बजे नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौंमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन भनिएको छ । सक्कली नागरिकता र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएका प्रवेश पत्र साथमा लिई आधा घण्टाअगावै तोकिएको स्थानमा पुग्न निर्देशन दिइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -