२०८३ जेष्ठ ७ गते, बिहीबार ०६:३०

ब्राउनसुगर सहित दम्पत्ति सहित तीन पक्राउ

नेपालगंज/काेहलपुर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेकाे छ।

प्रहरीले काेहलपुर नगरपालिका– १२ चप्परगाैडीबाट एक दम्पतीसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे।

इलाका प्रहरी कार्यालय काेहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशाेदा कार्की र मनाेज गिरीलाई पक्राउ गरिएकाे छ । कार्कीकाे घरबाट ब्राउनसुगर ताैलिने तराजुसमेत बरामद भएकाले उनी काराेबारी भएकाे अाशंका गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM