Tuesday, November 26, 2024
घरविचारसार्वजनिक चासोकुन "बार" जन्मेका व्यक्तिको स्वभाव कस्तो ? जानिराखौं ।

कुन “बार” जन्मेका व्यक्तिको स्वभाव कस्तो ? जानिराखौं ।

१. आइतबार जन्मेका यस्ता हुन्छन्

आइतबार जन्मिएका व्यक्तिहरु भाग्यमानी हुन्छन। यस्ता मानिसहरुको आयु पनि निक्कै लामो हुन्छ। समाज, परिवार र साथी भाईहरुबाट सम्मान प्राप्त हुन्छ। यी व्यक्तिहरुमा धर्म प्रति निक्कै धेरै रुचि हुन्छ। आइतबार जन्मिनेहरु सबैलाइ खुसि राख्छन् ।

२. सोमबार जन्मेका कस्ता हुन्छन ?

सोमबार जन्मिएका व्यक्तिहरु हंसमुख हुन्छन् । यी व्यक्तिहरु निक्कै मिठो पनि बोल्छन। यीनीहरु निक्कै ज्ञानी र बहादुर पनि हुन्छन। यो दिन जन्मेकोमानिसलाइ सबै किसिमको सुविधा प्राप्त हुन्छ भने मेहेनती स्वभावका पनि हुन्छन। यो दिनमा जन्मेकाहरुलाई कफको रोगले सताउने देखिन्छ।

३. मंगलबार जन्मेका नेता

मंगलबार जन्मेका व्यक्तिहरु उग्र स्वभावका हुन्छन। यो दिन जन्मेका व्यक्तिहरु प्राय विवादमा फंसी रहन्छन्। यी ब्यक्तिहरु निक्कै सहासी, बहादुर र रचनात्मक पनि हुन्छन्। यो बार जन्म भएका कुशल नेता पनि हुन्छन। मंगलबार जन्मेकाहरु प्राय तनाव पनि महसुस गर्छन र यी व्यक्तिहरुलाई छाला रोग पनि हुन सक्छ।

४. धार्मिक चाहीं बुधबारका

बुधबार जन्मेका व्यक्तिहरु धार्मिक र निक्कै नै तेजिलो दिमाग भएका हुन्छन्। यी ब्यक्तिहरु निक्कै मिठो बोल्छन् भने बुद्धिको प्रयोग गरेर गरिएका कार्यहरु निक्कै लाभदायी हुन्छन् । कहिलेकहीं यी मानिसहरुमा लापरवाही स्वभावपनि देखिन्छ। यी व्यक्तिहरु बहुमुखी प्रतिभाका हुन्छन र सजिलै अरुलाइ आफुतिर आकर्षित गर्न सक्छन् ।

५. बिहिबार जन्म भएका असाधारण

यी व्यक्तिहरु निक्कै बुद्धिमान हुन्छन भने कठिन स्थिति र समस्या ग्रस्त अवस्थामा कहिले पनि डराउदैनन् र डगमगाउदैनन। यी व्यक्तिहरु निक्कै असल मित्र हुन्छन र केहि कुराहरुमा निक्कै कट्टर पनि हुन्छन। यी हसिला र खुसि स्वभावका व्यक्तिहरु निक्कै भाग्यमानि पनि हुन्छन। बिहिबार जन्मेकाहरु केहि असाधारण व्यक्तित्वका हुन्छन।

६. कुशल वक्त्ता शुक्रबारका

यी व्यक्तिहरु एकदम कुशल वक्ता हुन्छन। यी सहनशील व्यक्तिहरु समस्या आइपर्दा र कठिन स्थितिमा कहिले पनि डराउदैनन। करियरमा यी व्यक्तिहरु निक्कै सफल हुन्छन् र बुद्धिमान पनि हुन्छन् । अर्काको सामानलाई आफ्नो बनाउने कला यिनमा निकै हुन्छ । समाजमा यस्ता मानिसहरु सम्मानित हुन्छन् ।

७.

शनिवार जन्मिनेहरूको स्वभाव यस्तो हुन्छ !

असत्य बोलेको पटक्कै सहन नसक्ने, निश्चित उद्देश्य राख्ने, अत्यन्त आत्माविश्वास हुने, भविष्यका लागि आर्थिक स्थिरता चाहने, विगत देखि नपछुताई सकारात्मक सोच राख्ने, भविष्यका लागि आर्थिक स्थिरता चाहने, प्राय : दृढ र शान्त रहने, इमान्दारिताप्रति संवेदनशील सीधा र स्पष्ट धारणा राख्ने केन्द्रीकृत हुने, उद्देश्यअनुसार समयसमयमा फरक, हुने अगुवाइ गर्न चाहने विस्तृतमा हेर्न सक्ने धैर्यता र सवलता, जीवनको लक्ष्यमा निहित काम अर्थ हिन लागेमा सजिलै त्याग्ने ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -