चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २० भदौ/
वीरगंजस्थित बस पार्कबाट हराएको आइतवारदेखि हराईरहेको बस प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाबाट फेला पारेको छ।
बसपार्क नजिक भिस्वा चोकमा पार्किङ गरेर राखेको निजी ना. ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थियो।
एकदिन पछि पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिष्वाबाट यात्रुवाहक बस भेटिएको प्रहरी चौकी भिस्वाका प्रहरीले जनाएको छ ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो। निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको थियो । बससंगै प्रहरीले बसको खलासीलाई पनि नियन्त्रणमा लिएको छ ।