२०८३ जेष्ठ ७ गते, बिहीबार ०९:१५

जुवाखालबाट १५ जना पक्राउ

काठमाडौँ। बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्। जिल्लाको मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM