वीरगंज, २४ जेठ । केही समययता वीरगंजका सडकमा बेवारिसे र सहाराविहीन भई भौंतारीएर हिंड्ने एक युवकलाई उद्धार गरी मानव सेवा आश्रममा राखिएको छ ।
स्थानीय अहेमा थापाले केही दिनदेखि वीरगंजको सडकमा बेवारिसे रहेका भीम बहादुर रायमाझीलाई आज आफ्नो घर नजिक अत्यन्त कमजोर र दयनिय अवस्थामा देखेर सहयोगी तथा मानवीय स्वभावकी अहेमा थापाले सामाजिक अभियन्ता मुकेश खेतान र मानव सेवाका वीरगंज संयोजक देवेश गुप्ता र प्रहरीको सहयोगमा आज राती ८ः३० बजेको समयमा उद्धार गरी वीरगंजस्थित मानव सेवा आश्रम पठाउनु भएको छ ।
समुचित खानपानको अभाव र गर्मीको कारणले यस्तो स्थितिमा पुगेका भीम बहादुरको स्वास्थ्य स्थिति सामान्य रहेको नर्सिङ पेशामा अवद्ध अहेमा थापाले बताउनु भयो । उद्धार गर्ने बेलामा उपकार सेवा समिति नेपालका केन्द्रिय सदस्य सज्जन अग्रवाल र ग्रीन सिटीका विकास रुंगटाको पनि उपस्थिति रहेको थियो ।