Friday, January 10, 2025
घरक्राइम चेकअतिक्रमण गरी बनाइएका घर, टहरा अझै भत्काउन बाँकी

अतिक्रमण गरी बनाइएका घर, टहरा अझै भत्काउन बाँकी

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ व्यापारीक सडक आयोजना पथलैयाद्वारा निर्माण गर्दै गरेको पथलैया–गण्डक सडक खण्ड (६ लेन)का सडक मापदण्ड अतिक्रमित गरी बनाइएका घर, टहरा अझ भत्काउन बाँकी रहेकाले निर्माण कार्यमा अवरोध पुगिरहेको छ ।
सडक ऐन २०३४ ले मापदण्ड अतिक्रमित गरी बनाइएका उद्योग र व्यक्तिद्वारा बनाइएका घर, टहरा भत्काउन सडक कार्यालयले दिएको समय सीमा समाप्त भईसक्दा पनि अतिक्रमणकारीहरूको क्षतिपूर्ति माग गरी भत्काउनुमा अटेरी गरिरहेका छन् ।

सडक अतिक्रमणकारीहरूले सडक मापदण्ड १० मिटरसम्म अतिक्रमण गरी घर, टहरा बनाएका छन् । सडक मापदण्डको जग्गामा जितपुर बजारमा ठूला पक्की भवन समेत बनेका छन् । परवानीपुरदेखि गण्डकसम्मको सडक खण्डमा धमाधम घर टहरा भत्काएर सडकको दुबै किनारामा नाला निर्माण गरिंदैछ । वर्षात शुरु भइसकेको छ । सडक निर्माण कार्य लथालिंग छ ।

पथलैयादेखि गण्डकसम्मको सडक खण्डमा पेट्रोलियम पाइपलाईन विच्छ्याउने काम भइरहेको छ । सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, व्यक्तिहरू आफैंले नभत्काएर डोजर लगाएर भत्काइने सडक आयोजनाले जानकारी गराएको छ ।

२०७५ जेठ २४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -