२०८३ जेष्ठ ७ गते, बिहीबार १०:५९

नेपाल राष्ट्रवाद संघले पूर्व नव युवराज हृदयेन्द्रको जन्मदिन मनायो

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, १४साउन/ नेपाल राष्ट्रवाद संघले पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको २१ औ जन्मदिन मनाएको छ ।

वीरगंजस्थित घण्टाघरमा संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको प्रमुख आतिथ्यमा भएको सो समारोहमा सहभागीहरूले पूर्व नव युवराज हृदयेन्द्रको तस्वीरमा पुष्प माल्यार्पण गरि सु-स्वास्थ्य, दीर्घायु एवं उज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्तालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM