चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २५ जेष्ठ/ जिल्ला समन्वय समिति पर्साकाे चुनावमा नेकपा एमाले पर्सा र जसपा पर्साका केही नेताहरुबीच भएको अपवित्र गठबन्धनले पर्सा एमालेमा तीव्र असन्तुष्टी उत्पन्न भएको छ ।
कुनै बेलाका व्यवसायिक साझेदार रहेका माननीयद्वय प्रदीप यादव र राजकुमार गुप्ताकाे नितान्त व्यक्तिगत स्वार्थका कारण गरिएको यो गठबंधनले नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा,अरविन्द सिंह, प्रदेश सदस्यत्रय विचारी यादव, शम्भु गुप्ता, बसारुद्दीन बस्रुद्दिन अंसारी लगायतका नेताहरु असन्तुष्ट रहेको बताइन्छ।
जसपा भन्दा संख्याकाे हिसाबले दोब्बर साइजमा रहेको एमालेले उपसभापतिमा बार्गेनिङ गरेर चित्त बुझाएकोमा एमाले पर्सा जिल्ला कार्यसमिति सन्तुष्ट नभएको कारणले जिल्ला कार्यसमितिकाे बैठक बसेन।
राजकुमार गुप्ताकाे व्यक्तिगत चाहनामा गरिएको यो गठबंधन एमालेकाे कुनै कमिटीबाट अनुमोदन नभएकोले गर्दा मतदाताहरु आफ्नो विवेक प्रयोग गर्न सक्ने दावी नाम उल्लेख ना गर्ने शर्तमा एक नेताले बताएका छन्।
ती नेता का अनुसार आउने संसदीय निर्वाचनमा प्रदीप र राजकुमार बीच एक-अर्कालाई सघाउने सहमति समेत भएको बताइन्छ।