क्राइमचेक प्रतिनिधि/
काठमांड़ौ, १८ जेष्ठ/ प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगंजको नाम देशभरि बदनाम गर्दै वीरगंजले राष्ट्रिय स्तरको नेता उत्पादन गर्न नसकेको लज्जास्पद आरोप लगाएका छन्।
आर्थिक वर्ष २०७९/८० को बजेट सम्बन्धी छलफलमा सहभागी हुँदै सांसद यादवले बुधवार संसद भवनमा आफ्नो धारणा राख्ने क्रममा यस्तो आरोप लगाएका हुन्।
मधेश आन्दोलनको जगमा एकाएक उदाएका नेता यादव पर्सा संसदीय निर्वाचन क्षेत्र नं.१का निर्वाचित सांसद हुन्। मधेश आन्दोलनदेखि अहिलेसम्मको राजनीतिक यात्रामा राजनीतिक चरित्र विपरीत क्रियाकालाप गर्दा कहिले आफ्नै दलको कारवाही खेप्नु परेको छ भने कहिले मन्त्री पद नपाउंदा आफ्ना समर्थकहरुलाई उचालेर पार्टी अध्यक्षको पुतला दहन गर्ने, पार्टी कार्यालयमा तोड़फोड़ गर्ने, आफ्नै दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विकासको काममा व्यवधान खड़ा गर्ने जस्ता कार्य गर्दै आएको आरोप लाग्दै आएको छ।
तिनै सांसद यादवलाई वीरगंजवासीले जनमत प्रदान गारी संसदमा पाठउंदा पनि यादवले सोही संसद भवनको पवित्र स्थानबाट वीरगंज र वीरगंजवासीको प्रतिष्ठामाथि प्रश्नचिन्ह खड़ा गर्दै राष्ट्रिय स्तरको नेता उत्पादन गर्न नसकेको आरोप लगाए।
पछि आफ्नो अभिव्यक्ति सच्याउँदै उनले “बजेटले संघीयतालाई बलियो बनाउने प्रयास गरेकोमा खुशी लागेको छ भने समग्र रुपमा मधेश प्रदेश र सुनको अण्डा दिने शहर वीरगंजलाई उपेक्षा गरेकोमा दुःख लागेको छ ।” हुलाकी सडक मधेश प्रदेशको लाइफलाईन भएपनि त्यसको लागि थोरै मात्रै बजेट बिनियोजन गरेकोमा सांसद यादवले असन्तुष्टी पोखे । मधेश प्रदेशमा कुनै पनि खास योजना नसमेटिएकोमा पुर्नविचार गर्न सांसद यादवले अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराएका थिए ।
भिडियो हेर्नुहोस्: