काठमाडौं । आईजीपी नियुक्तिबिरुद्वको रिटको सुनुवाई न्यायाधीशद्वय बिश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासबाट सुनुवाइ हुने भएको छ ।
वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएकाे हाे ।
१८ मा मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
पोखरेलको रिटमा प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् ।
सर्वोच्च अदालतले धीरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।