Saturday, March 15, 2025
घरसमाचारफोर्ब्सको सूचीमा परेका पाँच नेपाली युवाहरु...

फोर्ब्सको सूचीमा परेका पाँच नेपाली युवाहरु…

काठमाडौँ – फोर्ब्स म्याग्जिनको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच युवाको नाम समावेश भएको छ।

नेपालका ऐश्वर्या रानी सिंह, सुजित पाठक, सुमित दाहाल, सन्तोष पाण्डे र निरज काफ्ले यस वर्षको फर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा समेटिएका हुन्।

२८ वर्षीया ऐश्वर्या पुतली नेपाली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन्। महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रीत उनी सोसल इम्प्याक्ट विधाबाट उक्त सूचीमा परेकी हुन्।

यस्तै निरज र सन्तोष रिटेल एण्ड इ–कमर्स विधामार्फत उक्त सूचीमा परेका हुन्। उनीहरु अफरिङ ह्याप्पिनेशका सहसंस्थापक हुन्।

उक्त सूचीमा पर्ने अर्का नेपाली युवा हुन् सुजित पाठक। उनी कन्जुमर टेक्नोलोजी विधाबाट यो सूचीमा समावेश भएका हुन्। उनी इनग्रेल नेपालका सहसंस्थापक हुन्।

उक्त सूचीमा परेका अर्का युवा सुमित दाहाल नासा गोडार्ड स्पेश फ्लाइट सेन्टरमा प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडाक्टरलका रुपमा कार्यरत छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -