२०८३ जेष्ठ ७ गते, बिहीबार ०४:१४

सेन्ट लरेन्स कलेजका शिक्षकहरूद्वारा छात्रामाथि यौन दुर्व्यवहार, विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

काठमाण्डाै – सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका दुई जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा विद्यार्थीले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएका थिए । उनीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीले महिला छात्रामाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समययता विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM