२०८३ असार २७ गते, शनिबार २०:१३

गाँजासहित २२ वर्षीय भारतीय नागरिक पक्राउ

वीरगञ्ज/पर्सा प्रहरीले लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट ४ केजी ५४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा बिहीबार दिउँसो करिब २ बजे धोबी गाउँपालिका–३, बहुअर्वा क्षेत्रको सडकखण्डमा इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकको बोरामा लुकाएर राखिएको ४ केजी ५४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित मोटरसाइकल चालक भारतको बिहार राज्य, पश्चिमी चम्पारण निवासी २२ वर्षीय रुपेश कुमारलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM