२०८३ असार २ गते, मंगलवार १९:३२

रास्वपाको महाधिवेशन स्थल परिवर्तन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको रत्ननगर नगरपालिकास्थित होटल स्टारमा गर्ने भनिएको महाधिवेशन अब भरतपुरमा हुने भएको छ।

पार्टीका अनुसार महाधिवेशन चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ। यही आउँदो असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको तयारी तीव्र पारिएको छ।

रास्वपा केन्द्रीय सदस्य राजन गौतमका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनाहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलहरूमा आवासको व्यवस्था मिलाइएको छ।

महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले तदारुकताका साथ काम गरिरहेको छ। यसका लागि पार्टीको स्थानीय, जिल्ला र नगर समिति, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा विभिन्न उपसमितिहरू गठन गरेर तयारी अघि बढाइएको केन्द्रीय सदस्य गौतमले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM