२०८३ जेष्ठ २० गते, बुधबार १६:०४

खैरो हिरोइनसहित एक पक्राउ

मोरङ/सुनवर्षी नगरपालिकाबाट खैरो हेरोइनसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बुधबार बिहान करिब ७ बजे नगरपालिकाको वडा नम्बर १ स्थित भित्री सडकखण्डमा अमरदहका ३६ वर्षीय रुस्तम मियाँको साथबाट १५ दशमलव ३७० ग्राम खैरो हेरोइन बरामद भएको हो।

मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार, भारतीय नम्बर प्लेट बीआर ३७ एएच २८३१ को मोटरसाइकलमा सवार मियाँमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा सो लागुऔषध फेला परेको हो।

नियन्त्रणमा रहेका मियाँसहित उक्त मोटरसाइकललाई रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM