२०८३ जेष्ठ १७ गते, आईतवार ०१:२८

के साँच्चै फुट्ला त राप्रपा?

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको विवाद चुलिएर अब पार्टी फुटको संघारमा पुगेको छ। विगत केही वर्षदेखि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनको मनपरि पार्टीभित्र बढेर उक्त कार्य प्रति महामन्त्री धवलशम्शेर राणा असन्तुष्ट रहँदै आएका थिए।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई आफ्नो पेवा बुझ्दै पार्टीभित्र मनपरी गर्दै आएको र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विना कारण कार्यवाही गर्ने तथा पार्टीका नेता तथा कार्यकर्ताको भावनाको कदर समेत नगर्ने र त्यसैगरी फरक मत राख्नेहरुलाई गुण्डा परिचालन गरी कुटपिट लगायत धाकधम्की समेत दिने गरेका कार्य प्रति महामन्त्री राणा असन्तुष्ट रहेका थिए।

राजेन्द्र लिङ्देनको स्वकीय सचिव छत्र कठायतले पार्टीका कार्यकर्ता राजु गैरेलाई पार्टी कार्यालय धुम्बाराीस्थित रहेको एक रेष्टुरेन्टमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। त्यसैगरी पार्टीका विधान विपरीत गरेका कार्यहरू प्रति राणाले अध्यक्ष लिङ्गदेनलाई पटकपटक सचेत गराउँदै आईरहेका थिए।

तर पदको दम्भमा लिप्त लिङदेनले उनले पार्टी प्रति तथा कार्यकर्ता प्रति यसरी विनाकारण कठोर नबनिदिनु भन्दै गरेको आग्रहलाई समेट वेवास्ता गर्दै आईरहेका थिए। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक डाकौ र महाधिवेशनका मिति तोकौ भन्दापनि लिङदेन ले उक्त सुझावलाई मान्न तैयार देखिएका थिएनन्।

उनको यस्तो किसिमको व्यवहार प्रति पार्टीका शीर्षनेताहरु लाई पनि राणाले ध्यााकर्षण गराएका थिए। एकजना शीर्ष नेताकै भनाई अनुसार राजेन्द्रलाई मैले क्यौ पटक भन्दा हुन्छ हेरौंला; भन्दै टार्दै आएका थिए। यद्यपि अब पार्टी लगभग फुट्ने संघारमा आईपुग्दा पार्टीका तीन शीर्षनेताका हस्ताक्षर सहितका पत्र आज पूर्व संध्यामा सार्वजनिक भएको छ । उक्त पत्रमा पार्टीका नेताहरुलाई पार्टी मै बस्नु पार्टी नफुटाउनु भनि पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, र कमल थापाको संयुक्त हस्ताक्षर सहितको पत्र सार्वजनिक भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM