काठमाडौं। गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार बसेको समितिको बैठकले प्रहरी नियमावली, २०७१ अनुसार जनपद तथा प्राविधिकतर्फका रिक्त पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो।
जनपदतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंह सिफारिस भएका छन्।
यस्तै, स्वास्थ्य उपसमूह (चिकित्सक)तर्फ नेपाल प्रहरी अस्पताल महाराजगञ्जका डा. सेवक श्रेष्ठ सिफारिस भएका छन्।
इन्जिनियरिङ तथा सूचना प्रविधितर्फ अपराध अनुसन्धान विभाग, नक्सालका सरोज शाक्य र प्रहरी प्रधान कार्यालय, नक्सालका मनिषराज सापकोटा पनि एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।















