२०८३ जेष्ठ १३ गते, बुधबार १९:४८

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

काठमाडौं/जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ ।

बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनालको नाम उल्लेख गरिएको छ ।

ती सांसदहरूको भूमिका देखिएको उल्लेख गर्दै प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा व्यक्त धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएको छ आयोगको प्रतिवेदनको १० नम्बर बुँदामा उल्लेख छ ।

प्रतिवेदनमा ती व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएको हो–होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको हो–होइन तथा कुनै प्रकारको दुरुत्साहन भएको हो–होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ ।

अनुसन्धान प्रक्रिया स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अघि बढाउन र दोषी देखिए कानुनी कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM