२०८३ बैशाख १० गते, बिहीबार १७:१८

शेखर गोल्छा पक्राउ परेको हल्ला हो: सीआईबी प्रमुख

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ नपरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबी प्रमुख मनोज केसीले यसबारे आफूलाई जानकारी नभएको बताए ।

‘उहाँ पक्राउ परेको बारे जानकारी छैन,’ केसीले भने, ‘कसले र किन हल्ला फैलायो थाहा भएन ।’केही सञ्चारमाध्यमले रुपन्देहीबाट व्यवसायी गोल्छा पक्राउ परेको समाचार सम्प्रेपण गरेका थिए । तर गोल्छा भने आफ्नो कार्यालयमै रहेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM