२०८३ बैशाख १० गते, बिहीबार ०२:४३

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन

काठमाडौं/प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएका छन्। आउँदो शनिबार र आइतबारदेखि अभियान थाल्न भनिएको स्रोतको दाबी छ।

हालै गृह मन्त्रालय को समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा यस्तो निर्देशन दिएका हुन्। बैठकमा बस्ती हटाउने कामलाई प्रभावकारी र योजनाबद्ध ढंगले अघि बढाउन जोड दिइएको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, अतिक्रमण हटाउने अभियानको सुरुवात काठमाडौं उपत्यकाबाटै गरिनेछ। विशेष गरी सार्वजनिक तथा सरकारी जमिनमा अवैध रूपमा बसोबास गर्दै आएका बस्तीहरूलाई लक्षित गरी कार्ययोजना बनाइएको छ।

यसअघि काठमाडौं महानगरपालिका का मेयर रहँदा शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। तर, त्यसबेला स्थानीयको कडा प्रतिवादका कारण अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन।

अब प्रधानमन्त्रीको भूमिकामा पुगेपछि उनले पुनः सोही मुद्दालाई प्राथमिकतामा राख्दै सुरक्षा संयन्त्रमार्फत कार्यान्वयन अघि बढाउन खोजेको देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM