२०८३ बैशाख ५ गते, शनिबार ०१:३६

काँग्रेस आधिकारिकता विवादमा गगन थापा पक्षको जित, सर्वोच्चले आयोगको निर्णय सदर गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा पक्षलाई मान्यता दिएको छ।

राति ढिलो आएको फैसलामा अदालतले निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता प्रदान गरेको हो।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई वैधानिक ठहर गरेको स्रोतले जनाएको छ।

यो फैसलासँगै कांग्रेसको नेतृत्वमा आएको विवाद टुंगिएको छ भने गगन थापा समूहले संस्थागत मान्यता प्राप्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM