२०८३ बैशाख ७ गते, सोमबार १५:४९

बसन्त उत्सवमा ‘शान्तिदूत’ सम्मान, साहित्यमार्फत शान्तिको सन्देश

काठमाडौं/“शान्ति साहित्य सभा” द्वारा नयाँ वर्षको अवसरमा आयोजित “बसन्त उत्सव” काठमाडौंको नक्सालस्थित पीस एम्बेसी भवनमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्य, कला, संगीत तथा समाजसेवामा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई “शान्तिदूत” सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा साहित्यकार प्राज्ञ अमर न्यौपाने, संगीतकार प्राज्ञ शम्भुजीत बस्कोटा, उद्यमी संघर्ष बिष्ट र प्रतिष्ठा अमात्य बिष्ट, उद्यमी प्रमेज श्रेष्ठ तथा डा. सोनिया प्रधान रहेका छन्।

कार्यक्रममा कविता वाचन र सांस्कृतिक प्रस्तुति गरिएको थियो। वक्ताहरूले समाजमा शान्ति, सहअस्तित्व र सद्भाव कायम गर्न साहित्य, कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

उक्त अवसरमा कृष्ण अधिकारी, पूर्व राजदूत महेश दाहाल, शम्भुजीत बस्कोटा, अमर न्यौपाने लगायतले मन्तव्य राखेका थिए भने कविहरूले कविता वाचन गरेका थिए।

कार्यक्रम विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM