Thursday, November 28, 2024
घरसमाचारराजनीतिमैले काठमाडौँको संस्कृति र विकास योजना राम्ररी बुझेको छु- डा. पिया

मैले काठमाडौँको संस्कृति र विकास योजना राम्ररी बुझेको छु- डा. पिया

काठमाडौँ । नेपाल परिवारका दलकातर्फबाट काठमाडौँ महानगरको प्रमुखको पदमा उम्मेदवारी दर्ता गराउनुभएका डा. पिया रत्न महर्जनले आफू काठमाडौँको संस्कृतिसँग परिचित रहेको बताउनुभएको छ । आज पत्रकारहरुसँग भेट गर्दै उहाँले, सांस्कृतिक ऐतिहासिक पहिचानको संरक्षण र आधुनिक विकास पद्धति आफ्नो योजनामा रहेको बताउनुभयो ।

भ्रष्टाचारको उन्मुलन र सुशासनको प्रत्याभूति, निष्पक्ष नेतृत्व र पर्यावरणीय संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै डा. महर्जनले सहरलाई स्मार्ट बनाउँदै लैजाने, युवाहरुलाई व्यवसायिक तालिमबाट उद्यमी बन्न प्रोत्साहन गर्ने, नदी संंरक्षण र जल सम्पदा जोगाउने, फोहोरलाई दिगो व्यवस्थापन गर्नेलगायतका योजना सुनाउनुभयो ।


पर्यावरण सुरक्षा सम्बन्धी पत्रकारको उत्तरमा उहाँले विद्युतीय सवारीमा आफ्नो जोड हुने बताउनुभयो । त्यसैगरी सहरको भौतिक पूर्वाधारलाई सुधार गरेर युनिभर्सल डिजाइनमा रुपान्तरण गर्ने योजना सुनाउनुभयो ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्गर्तत काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५५ जनाको उम्मेदवारी परेको छ । प्रमुख उपप्रमुखसहित ८२६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -