२०८३ बैशाख ४ गते, शुक्रबार २१:३५

श्रम संस्कृतिकी रुबी ठाकुर उपसभामुख निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

बिहीबार भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् ।

आज उपस्थित भएका २ सय ५७ सांसदमध्ये २ सय १५ जनाले रुबीकुमारीलाई मत दिएका थिए । उपसभामुखकी अर्की उम्मेदवार राप्रपाकी लामाले ५ मतमात्रै पाइन् ।

रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाले समर्थन गरेका थिए । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा नेकपा (एमाले) तटस्थ बसेको थियो ।

एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM