२०८३ जेष्ठ ११ गते, सोमबार ०१:५९

सर्लाहीमा सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने नौ बिचौलिया नियन्त्रणमा

सर्लाही। सेवाग्राहीसँग अतिरिक्त रकम माग गरी सरकारी कामकाजमा प्रभाव पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आइतवार अपराह्न करिब ४:५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर तथा मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सेवाग्राहीहरूसँग अनावश्यक रकम असुली गर्दै सरकारी प्रक्रिया प्रभावित पारिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी नायव निरीक्षक बालकृष्ण फुयालको कमाण्डमा खटिएको टोलीले ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ बस्ने जय प्रकाश साह र वडा नं. ८ बस्ने रवि साहलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा नगरपालिका–६ का प्रमोद कुमार यादव, मलंगवा नगरपालिका–१ का नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७ का नागेन्द्र यादव, चन्द्रनगर गाउँपालिका–१ का रामबिनय राय, कबिलासी नगरपालिका–१ का रञ्जन कुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ का प्रमोद साह तथा ईश्वरपुर नगरपालिका–५ का योगेन्द्र महतोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM