Thursday, November 28, 2024
घरसमाचारराजनीतिबागी उम्मेदवारलाई फकाउन रामचन्द्र पौडेल भरतपुरमा

बागी उम्मेदवारलाई फकाउन रामचन्द्र पौडेल भरतपुरमा

काठमाडौँ, २२ वैशाख ।

चितवनको भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्।

कांग्रेसको निर्णयविपरीत बागी उम्मेदवार बनेका उनलाई फकाउने प्रयास जारी छ।

सत्ता गठबन्धनका दलबीच तालमेलको सहमतिअनुसार भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई प्रमुख पदको उम्मेदवार बनाइएको छ। तर जगन्नाथ पौडेले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गरेको अनुरोधसमेत नमानी बागी उम्मेदवार बनेका हुन्।

आज भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै छ। त्यस सभालाई सम्बोधन गर्न सभापति देउवासँगै वरिष्ठ नेता पौडेल पनि त्यहाँ पुगेका हुन्। त्यस क्रममा बागी जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता गराउने प्रयास पौडेलले गरेका हुन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -