Wednesday, November 27, 2024
घरसमाचारउपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा घरदैलो अभियानमा व्यस्त, जनलहर बढ्दो

उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा घरदैलो अभियानमा व्यस्त, जनलहर बढ्दो

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ वैशाख/
आसन्न स्थानीय तह निर्वाचन २०७९ मा मूख्य राजनीतिक दलले गठबन्धनको नाममा महिलाहरूको अधिकार कुण्ठित गरेर महानगर प्रमुख र उप प्रमुख दुबै पदमा पुरुष उम्मेदवार नै खडा गरेपछि त्यसको प्रतिकार स्वरुप स्वतन्त्र रुपमा उप मेयर पदमा उम्मेदवारी दिनु भएकी रम्भा मिश्रा प्रति महानगर वीरगंजमा दिन प्रतिदिन जलहर बढ्दै गएको छ ।
“गुलाफ” चुनाव चिन्ह लिएर नेतृ मिश्रा आफूलाई भोट दिन महानगरको प्रत्येक वडा, टोल र घर घरमा जाने अभियान चलाएपछि मिश्राप्रति जनलहर बढ्दै गएको छ ।

चुनावको समयमा मात्र नभई आधा दशकभन्दा लामो समयदेखि सक्रिय रुपमा राजनीतिक र सामाजिक कृयाकलापमार्फत महानगरवासीको सुख दु:खमा सदैव उपस्थित र सहभागी हुँदै आएकी रम्भा मिश्रालाई जिताउन पर्सा जिल्लाका विभिन्न राजनीतिक पार्टीका महिला नेतृ एवं गृहीणीहरू उत्साहपूर्ण रुपमा घर दैलो अभियानमा सहभागि भएपछि मिश्रा साझा उम्मेदवारको रुपमा देखिन थालेका छन् ।


महिला सशक्तिकरणका चर्का नारा लगाउने तर महिलाहरूलाई अधिकार दिनु पर्दा मौन बस्ने प्रवृत्ति विरुद्ध खुल्ला रुपमा चुनावी मैदानमा उत्रिएकी साहसी, इमान्दार र लोकप्रिय उम्मेदवार मिश्रालाई यही वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी विजयी बनाउन वीरगंजका मतदाताहरू उत्साहित देखिएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -