२०८३ जेष्ठ ११ गते, सोमबार ०८:०३

बलात्कार आरोपमा एमालेका पूर्व सभासद पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका-१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो। उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मल्लविरुद्ध फागुन ५ गते बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

मल्ला पूर्वसंविधान सभा सदस्य हुन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM