काठमाडौँ/ नेपाल–भारत मामिलाका जानकार मानिने भारतीय प्रोफेसर एसडी मुनीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कदमको स्वागत गरेका छन्।
मुनीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत बालेन्द्र शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने साहसिक कदम चालेको बताएका हुन्।
उनले गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका दुई दिनमा सुरक्षा अधिकारीहरूसँग भएका कुराकानीहरू सार्वजनिक गर्न पनि साहस देखाउने अपेक्षा गरेका छन्।
मुनीले माओवादीसँग भारत सरकारको सहकार्यका लागि पहल गरेका थिए। भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का प्रोफेसर उनी नेपालमा माओवादी समर्थक मानिन्छन्।

















