२०८३ बैशाख ७ गते, सोमबार १५:४८

दुई हजार रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति?

काठमाडौँ। नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँ घटेको हो।

आज छापवाल सुन प्रतितोला दुई लाख ६५ हजार सातसय रुपैयाँमा झरेको महासंघले जनाएको छ। बुधबार सुनको भाउ तोलामा चारसय रुपैयाँ घटेर दुई लाख ६७ हजार सातसय रुपैयाँ कायम भएको थियो।

पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज चाँदीको मूल्य भने घटेको छ। तोलामा एकसय रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार आठसय ३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५५ रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM