चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १० वैशाख/ वीरगंज महानगरको मुहार फेर्न जसपाको उम्मेदवार असक्षम भएको आरोप महानगरवासीहरूले लगाउन थालेका छन् ।
चन्द्रसूर्य वाणीले महानगरका विभिन्न वड़ाका स्थानीय बासिन्दाहरूसंग प्रतिनिधि पात्रको रुपमा वीरगंजको चौतर्फी विकास र सुन्दर बनाउन कुन पार्टीको उम्मेदवार योग्य छन् भन्ने जिज्ञासा राख्दा जसपामा वीरगंज महानगरको मुहार फेर्न सक्ने क्षमता भएका योग्य उम्मेदवारको अभाव रहेको बताएका थिए ।
यस अघि पनि वीरगंजवासीले वीरगंज महानगरमा जसपाकै उम्मेदवारलाई निर्वाचित गराए पनि महानगरको सुन्दर, विकसित, सुव्यवस्थित हुनुपर्नेमा कुरूप, अविकसित, अव्यवस्थित वीरगंजको रुपमा परिणत भएको जोकोहिले देख्न सक्छन् ।
यसघिका जसपाका उम्मीदवार बनि मेयर भएका सरावगीको कार्यकालमा महानगरवासीले करको भार, दुर्गन्धित र गैर जिम्मेवार जनप्रतिनिधिहरूको भरणपोषणमैं स्वर्णीम पाँच वर्षको समय खेर गएको महानगरवासीहरू बताउँछन् ।
यतिखेर पनि वीरगंज महानगरको नगर प्रमुख पदमा जसपाबाट उम्मेदवार बनाइएका राजेशमान सिंह पनि निहित स्वार्थ पूर्तिको लागि जस्तोसुकै गैरव्यवसायिक, गैराजनीतिक र अव्यवहारिक सम्झौता गर्न सक्ने व्यक्ति भएकोले उनीसँग पनि वीरगंजको मुहार परिवर्तनको अपेक्षा राख्न नसकिने महानगरवासीहरू बताउँछन् ।
प्रत्येक चुनावमा पार्टी र चुनाव चिन्ह परिवर्तन गर्दै आएका राजेशमान सिंह मेयर नजित्दै स्वीमिङ् पुलमा कब्जा जमाएर बसेको आरोप छ ।
केहि लठैत, चुल्ठे मुन्द्रे, अशिष्ट, गैरव्यव्हारिक र गैर राजनीतिक चरित्रका युवा जमातलाई साथमा राखेर चुनाव जित्ने सपना बुनेर वीरगंज महानगरको प्रमुख पदमा जित्ने सपना देखेका सिंह र जसपाका अन्य वडाध्यक्षका उम्मेदवारहरूको विगतका क्रियाकलापलाई नजिकबाट मूल्यांकन गर्दै आएका महानगरवासीले भोट दिने बेलामा के कस्तो विवेक प्रयोग गर्ने हुन ?समयको गर्भमैं छ ।
चन्द्रसूर्य वाणीले जनताको प्रतिक्रिया लिएर यस्ताखाले समाचारहरू निरन्तर प्रकाशन गरीरहने छ ।