२०८३ बैशाख १६ गते, बुधबार १२:३३

रमेश लेखकलाई बयान दिन जान काँग्रेस नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो ।

सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भनेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो । कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनस् बस्ने प्रवक्ता महतले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM